नियम ३४ग
अतिरिक्त समूह सम्बन्धी व्यवस्था
: (१) ऐनको दफा १८घ. को उपदफा (२) बमोजिम फाजिलमा रहेका निजामती कर्मचारीको दरवन्दी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेको भएमा त्यस्ता कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले खटिएकै कार्यालयबाट तलव भत्ता खाने गरी अन्य निकायमा कामकाज गर्न खटाउन सक्नेछ ।
(२) ऐनको दफा १८क. को उपदफा (२) र उपदफा (२क) बमोजिम सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका निजामती
कर्मचारीको दरवन्दी अतिरिक्त समूहमा सार्न सकिनेछ ।
(३) कुनै पदमा पदपूर्तिको माग गर्दा अतिरिक्त समूहमा रहेका कर्मचारीको संख्या कट्टी गरेर मात्र माग गर्नु पर्नेछ ।